अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १२ : ५१
अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।

जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् । पहिलाेचाेटि अर्थमन्त्री हुँदा शर्माकाे प्रेस अजित अधिकारीले हेर्दै आएका थिए । 

धिताल लामाे समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । माओवादीकालमा डा. बाबुराम भट्टराईनिकट रहेका धिताल भट्टराईले पार्टी छाडेर हिँडे पनि उनी कतै गएनन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

प्रतिक्रिया दिनुहोस