काठमाडौं । पाकिस्तानले एसिया कप टी–२० क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बुधबार बाबर आजमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । आसन्न संस्करणको एसिया कप २७ अगस्टबाट सुरु हुँदैछ । समूह ‘ए’ मा पाकिस्तानसहित साविक विजेता भारत र छनोटबाट आउने एक टोली छन् ।
छनोट खेल्ने कुवेत, हङकङ, सिंगापुर र कुवेतमध्ये एक टोली यस समूहमा हुनेछ । एसिसीले प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । टी–२० शैलीको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच २८ अगस्टमा प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले २८ अगस्टमा भारतविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । यसअघि एसिया कप श्रीलंकामा तय थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो ।
पाकिस्तानी टोली : बाबर आजम (कप्तान), फखर जमान, हैदर अली, मोहम्मद वसिम, खुसदिल शाह, इफ्तिखर अहमद, मोहम्मद रिजवान (विकेटकिपर), आसिफ अली, शादब खान, महम्मद नवाज, उस्मान कादिर, शाहीन साह अफ्रिदी,सहनवाज दहनी, नीशम साह र हरिस रौफ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १३ : ४२
लेखकबाट थप