काठमाडाैँ । हेटौँडा जोड्ने कान्ति लोकपथ अन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको देवीसाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। भारी वर्षात् भएसँगै मंगलबार उक्त ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हो।
पहिरोले सो वडासँगै वडा नं २ माल्टा, ४ प्यूटार, ५ इकुडोल, ६ आस्राङ, ७ गिम्दी तथा सो लोकपथ भएर फापरबारी हुँदै मन्थली जाने र हेटौंडा यात्रा गर्ने सडक अवरुद्ध छ। त्यस्तै विद्युत अवरुद्ध हुनुका साथै दूध र तरकारी ढुवानी समेत रोकिएको छ। उक्त पहिरो खुलाउन प्रयास भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १३ : १८
लेखकबाट थप