काठमाडौं । नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपालको यू–२० टोलीका खेलाडी प्रतिभावान रहेको बताएका छन् ।भारतमा जारी साफ यू–२० च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत अलमुताइरीले युवा टोलीमा प्रतिभावान खेलाडी रहेको तथा उनीहरूले आगामी दिनमा नेपाली फुटबलमा राम्रो गर्न सक्ने बताएका हुन् ।
उनले लेखेका छन् ‘साफ यु–२० च्याम्पियनसिपको यात्रा केही सकारात्मक र केही नकारात्मक रूपमा अन्त्य भएको छ । प्रतियोगिताको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हामीले भविष्यमा नेपाली फुटबलका लागि उत्कृष्ट गर्न सक्ने प्रतिभावान युवा खेलाडी उत्पादन गर्न सफल भएका छौँ । म तपाईंहरुसँग काम गर्न निकै उत्साहित छु । अब साफ यु–२० मा हारेको नराम्रो भावना बिर्सिँदै ती गल्तीबाट केही सिक्न र त्यसलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्नुहोस् ।’
उनले नेपाली सिनियर टोलीको कुनै मैत्रीपूर्ण फुटबल खेल नभए आगामी महिना बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोट हेर्न जाने समेत बताएका छन् । उनले थपे ‘यदी अर्को महिना नेपाली सिनियर टोलीको कुनै मैत्रीपूर्ण खेल नभए म अवश्य पनि बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटमा तपाइँहरुको खेल हेर्न उपस्थित हुनेछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १३ : ०७
लेखकबाट थप