सभामुख अग्निप्रसाद सापकोटाविरुद्धतको मुद्दाको सुनुवाइ फेरि स्थगित

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १२ : ५०
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धतको  मुद्दाको सुनुवाइ फेरि स्थगित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ। बुधबार नियमित संवैधानिक इजलास बस्नुपर्नेमा गठन नहुँदा मुद्दा स्थगित भएको हो। पछिल्ला ६ पेसी निरन्तर रुपमा स्थगित हुँदै आएका छन्।पाँच न्यायाधीशको संवैधानिक इजलासमा अन्तिम फैसलाको सुनुवाइ कुरेर बसेको उक्त मुद्दा अदालतकै तर्फबाट  स्थगितको सूचीमा परेको हो। 

वि। सं। २०६८ असार ६ गते सापकोटासहितका नेताविरुद्धको मुद्दाले सर्वोच्चमा प्रवेश पाएको हो। ११ वर्ष भइसक्दा पनि पनि यो मुद्दाको अन्तिम किनारा भने लाग्न सकेको छैन। तत्कालीन समयमा सापकोटा सूचना तथा सञ्चारमन्त्री थिए।  काभ्रेको अर्जुन लामा हत्यामा उनकी श्रीमती पूर्णिमाया लामाले पनि रिट दायर गरेकी छन्।


अन्तिम पटक २०७६ असार २५ गते सापकोटाको मुद्दामा आदेश गरेको थियो। त्यसपछि २०७६ असोज २९, फागुन ३० गतेको पेसी हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो। त्यस्तै २०७७ पुस ३ गते हेर्न नमिल्ने,२०७७ माघ २३ गते हेर्न नभ्याइने,२०७८ भदौ १६ र असोज १३ गते हेर्न नमिल्ने हुँदै स्थगित भएको थियो। २०७९ वैशाख १४ गते तोकिएको पेसी पनि हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो। 
 

प्रतिक्रिया दिनुहोस