सशस्त्रको १६३ बिओपीका प्रमुख फेरिए

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, ११ : ४९
सशस्त्रको १६३ बिओपीका प्रमुख फेरिए

काठमाडौं ।सशस्त्र प्रहरीको सीमा सुरक्षामा रहने बोर्डर आउट पोस्ट (बिओपी) का १६३ जना प्रमुख फेरिएका छन् ।

सशस्त्र मुख्यालयले इन्स्पेक्टरहरूको काज सरुवा गर्दै उनीहरूलाई त्यहाँ खटाएको हो । बिहीबार मात्र ४२८ सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरिएको थियो । सरुवा भएको एक साता नबित्दै उनीहरूमध्ये १६३ जनालाई बिओपी नेतृत्वको जिम्मेवारी दिइएको हो ।  

प्रतिक्रिया दिनुहोस