भरतपुर । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७र७८ मा कोरोना व्यवस्थापनमा दुई करोड १८ लाख ४६ हजार ५६८ रूपैयाँ खर्च गरेको देखिएको छ ।कोरोना व्यवस्थापनमा महानगरलाई प्रदेश र संघीय सरकारले पनि बजेट दिएका थिए ।खाना, खाजा र चियामा ४१ लाख तीन हजार ११८ रूपैयाँ खर्चिएको छ । महानगरले संघ तथा प्रदेश सरकारबाट प्राप्त आम्दानीसमेत प्रकोप व्यवस्थापन कोषमा जम्मा गरी सामग्री खरिद, आइसोलेसन सञ्चालन, जोखिम भत्ता वितरण, क्वारेन्टाइन सञ्चालनजस्ता कार्यमा एक करोड ७५ लाख ३९ हजार ९८ रूपैयाँ खर्च गरेको हो ।
कोषमा दुई करोड ११ लाख ८१ हजार रूपैयाँ जम्मा भएको थियो । एक करोड ७५ लाख ३९ हजार खर्च भएपनि ३६ लाख ४२ हजार रूपैयाँ खर्च हुन सकेन। खर्चतर्फ खाना, खाजा र चियामा २६ लाख ७४ हजार, औषधिमा नौ लाख ९३ हजार ६८४, सरसफाइमा ११ हजार ८५०, आइसोलेसनमा एक करोड चार लाख २४ हजार ४६० रूपैयाँ देखाइएको छ ।
अन्यमा ६८ हजार, इलेक्ट्रिकल खर्चमा ७१ हजार ३८६, क्वारेन्टाइनमा आठ लाख तीन हजार ८५९, बिमा भुक्तानीमा २० लाख, विद्युत् महसुलमा दुई लाख पाँच हजार र दाहसंस्कारमा सात लाख ८६ हजार रूपैयाँ खर्च भएको देखिएको छ ।
कोषमा महानगरले ६७ लाख ६१ हजार ३०५ रूपैयाँ दाखिला गरेको थियो भने विभिन्न दाताबाट तीन लाख ४५ हजार रूपैयाँ प्राप्त भएको थियो । निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद् एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५० हजार रूपैयाँ सहयोग गरे । प्रदेशबाट एक करोड २० लाख रूपैयाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कोभिड बिमाबाट २० लाख २५ हजार प्राप्त भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, ११ : २२
लेखकबाट थप