इंग्ल्यान्डले १७ वर्षपछि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, ११ : १२
इंग्ल्यान्डले १७ वर्षपछि  सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने

 इंग्ल्यान्डले १७ वर्षपछि सात टी २० र तीन टेस्टका लागि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले इंग्ल्यान्डको भ्रमण निश्चित भएको जानकारी दिएको छ ।

गत वर्ष न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण त्यागेपछि इंग्ल्यान्ड पनि दक्षिण एसिया भ्रमणबाट पछाडि हटेका थियो । सेप्टेम्बर २० देखिसुरु हुने भ्रमणमा इंग्ल्यान्डले सात टी २० अन्तर्राष्ट्रिय कराँची र लाहोरमा खेल्ने छ ।यस्तै, अस्ट्रेलियामा विश्वकपपछि इंग्ल्यान्ड तीन टेस्टका लागि डिसेम्बरमा फेरि पाकिस्तान फर्किने पीसीबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस