प्रजातन्त्र सेनानी गोपालदास वादेको निधन

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, ११ : ००
प्रजातन्त्र सेनानी गोपालदास वादेको निधन

 

काठमाडाैँ ।  प्रजातन्त्र सेनानी गोपालदास वादेको निधन भएको छ।बुधबार बिहान ३ बजे  बनेपास्थित उनकाे निवासमा ९७ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहेका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिए।

नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी रहेका छन्।

तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए। वादेलाई ‘गान्धीवादी नेता’का रूपमा चिनिने गरिन्थ्यो ।वादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो।

प्रतिक्रिया दिनुहोस