पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुन्छ : मेयर दाहाल

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १७ : ०९
पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुन्छ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुने क्रममा अघि बढेको बताइन् ।भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२५ को प्रभात माध्यमिक विद्यालयमा सञ्चालन भएको एकिकृत स्वास्थ्य शिविरको उद्घाटन गर्दै मेयर दाहालले पश्चिम चितवनमा ठुला–ठुला स्वास्थ्य पूर्वाधारहरु निर्माण हुनु लाग्नु गर्वको विषय रहेको जानकारी दिइन् ।  


मेयर दाहालले पश्चिम चितवनवासी अबको केही समयपछि उपचारको लागि भरतपुर बजार जान पर्ने समस्या हटेर जाने विश्वास व्यक्त गरिन्  ।‘शिवनगरमा ३०० शैयाको शिक्षक अस्पताल बन्दै छ,‘उहाँले भन्नुभयो,‘ त्यस्कै छेउमा १०० शैयाको आर्युवेद अस्पताल पनि बन्दै छ । वडा स्तरीय स्वास्थ्य कार्यालयहरु त छदै छन् । पश्चिम चितवन स्वास्थ्यको हबको रुपमा परिचित हुँदैछ ।’
मेयर दाहालले पश्चिम चितवनमा २० औँ वर्षसम्म नभएका विकासको काम विगत ५ वर्षमा सम्पन्न भएको बताइन् ।स्वास्थ्य सेवालाई शिविर लगायत विभिन्न काम गरेर जनताको आँगनसम्म पुराउने गरी महानगरपालिका अगाडि बढेको भनाई थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले कोही पनि भरतपुरवासी स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताए।कार्यक्रमा वरिष्ठ सर्जन डा सुरेश कुमार प्रधान, महिला तथा स्त्रीरोग विशेषज्ञ डा। राम प्रसाद सापकोटा, डा। रजनिश मानन्धर, डा गोबिन्द पन्त लगाएत अन्य विभागीय चिकित्सकले स्वास्थ्य जाँच गर्ने छन् । शिविरमा ७ सय जनाले स्वास्थ्य सेवा लिने अपेक्षा गरिएको वडा अध्यक्ष छविलाल सापकोटाले बताएका छन् ।।

प्रतिक्रिया दिनुहोस