आर्थिक वर्ष २०७८/७९ मा करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १६ : ३४
आर्थिक वर्ष २०७८/७९ मा करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात

 नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो। सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ।

सोही समयमा १ अर्ब १० करोड ९४ लाख ७८ करोड रुपैयाँको आँप तथा अम्बा, १ अर्ब २७ करोड १९ लाख ७५ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४४ करोड ५४ लाख ४३ हजार रुपैयाँको अंगुर नेपालले आयात गरेको छ।

विभागका अनुसार गत वर्ष १ अर्ब १३ करोड ६२ लाख ८८ हजार रुपैयाँको अनार, ५६ करोड १८ लाख ७५ हजार रुपैयाँको खरबुजा, २६ करोड ५४ हजार रुपैयाँको मेवा र १५ करोड १ लाख ७५ हजार रपैयाँको भुइकटर नेपाल भित्रिएको छ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफूलहरु आयात गरेको थियो।अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफूल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ।

प्रतिक्रिया दिनुहोस