पुनर्जागरण पार्टी दर्ता , अध्यक्ष गौतम र महामन्त्री हमाल

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १६ : १५
पुनर्जागरण पार्टी दर्ता , अध्यक्ष गौतम र महामन्त्री हमाल

काठमाडौं  ।  प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट आयोगमा  दर्ता भएको छ । निर्वाचन आयोगमा  पुनर्जागरण  १८९ नम्बरमा दर्ता भएको छ ।पार्टीको अध्यक्ष श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल छन् । पार्टीको केन्द्रिय समिति २१ सदस्यीय छ । पुनर्जागरण  ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी बनेको छ ।

पुनर्जागरण पार्टीको केन्द्रीय समितिमा २१ जना छन् । ५० प्रतिशत भन्दा बढी महिला छन् । चुनाव चिन्ह वाइफाइ प्रस्ताव गरेपनी निर्वाचन आयोगले दिन मानेको छैन । चुनाव चिन्ह पछि प्रस्ताव गर्ने गरि पार्टी दर्ता भएको हो । 

केन्द्रीय समिति 

श्याम बाबु गौतम  अध्यक्ष सिन्धुपाल्चोक 

रवि हमाल ठकुरी महामन्त्री  सुर्खेत  

कविता निरौला 

सदिक्षा के.सी 

कामना पौडेल 

सन्तोष पाण्डे 

इन्दु कुमारी वन

कोपिला भट्टराई 

प्रतिमा भट्टराई 

अप्सरा सिवाकोटी 

शोभा अर्याल 

आस्मा कपालि

गोभिन्द प्रसाद  मैनाली 

मान कुमार श्याङताङ

रुपा बलाल

अंशु कुमारी घिमिरे 

भद्र बहादुर शाही 

दिल बहादुर राई 

यमुना के.सी 

आवाज शर्मा 

तुल्सी भण्डारी

प्रतिक्रिया दिनुहोस