ठेकदारको ढिलासुस्ती र लापरबाहीले भरतपुरका सडक निर्माणको काम अलपत्र भयो – मेयर दाहाल

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १६ : ०३
ठेकदारको ढिलासुस्ती र लापरबाहीले भरतपुरका  सडक निर्माणको काम अलपत्र भयो  – मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकदारहरुको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताइन्।भरतपुर महानगरपालिका १८ मा रहेको मिलन युवा क्लबले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारको लापरवाहीले  कारण भरतपुरका  सयौँ सडकहरु अधुरो र अलपत्र परेको बताइन् ।
मेयर दाहालले महानगरपालिकाले बारम्बार ताकेता गर्दा पनि ठेकदारहरु विभिन्न बहाना बनाएर सडक निर्माणको कामलाई अलपत्र  छोड्न्का साथै  महानगरपालिको सम्पर्कमा आउन नचाहेको जानकारी दिइन् । महानगरपालिकाको काम योजना छनोट गर्ने, बजेट विनियोजन गरी ठेक्का दिने हो, ठेक्का पाएका ठेकदारले काम लिएर विभिन्न बाहाना बनाई होल्ड गरेर बस्ने परिपाटीको देखिएको मेयर दाहालको भनाइ छ ।
अहिले वर्षातको समय भएकाले कालोपत्रे गर्न नमिल्ने भएकाले निर्माण रोकिएको पनि मेयर दाहालले सबैमा जानकारी गराइन््  ।कहिले निर्माण सामाग्री अभावको बाहान बनाईन्छ । कहिले निर्माण सामाग्रीको मूल्यवृद्धि भयो भनेर बाहाना बनाइएको छ ।’
भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६ सय १० किमि सडक कालोपत्रे गरेर उदाहरणीय कार्य गरेको छ । पछिल्लो ६ महिनादेखि भरतपुरमा ठेक्का सम्झौता भएका सडकहरु अलपत्र परेका छन् ।महानगरले निर्माण कार्य रोक्ने ठेकेदारलाई काम अगाडि बढाउन ताकेता पनि गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस