काठमाडौं । आफ्ना समकक्षी २ वटा कर्मचारी संगठनहरुले तत्कालिन जिल्ला विकास समिति र हाल जिल्ला समन्वय समिती, चितवनको नाममा रहेको जग्गामा धेरै बर्ष अगाडीदेखि भवन बनाई कार्यालय संचालन गर्दै आएतापनी नेपाल राष्ट्रिय कर्मचारी संगठनले भने आर्थिक अभावको कारण भवन बनाउन सकेको थिएन । यसैबिच श्रावण ७ गते भएको अधिबेशनबाट नेपाल राष्ट्रिय कर्मचारी महासंघ, चितवनको नेतृत्वमा प्रेमप्रसाद ढकाल आएपछी भवन निर्माण कार्यले गति लियो । महासंघ केन्द्रीय सदस्य प्रमोद तिवारीका अनुसार बिगतमा हाल यातायात ब्यवस्था कार्यालयलाई कार्यालय संचालन गर्न दिनेगरी मर्मतको काम भइरहेको बताएका छन् ।
उनले सहमति अनुसार २०७४ साल भाद्र ६ गते बसेको नेपाल राष्ट्रिय कर्मचारी महासंघ, चितवन जिल्ला समितीको निर्णय अनुसार सोही दिन महासंघ चितवनले संगठनको भवन निर्माण स्थल भन्ने बोर्ड गाडेको र आजका मितिसम्म पनि उक्त बोर्ड यथावत रहेको कुरा समेत बताएका छन् । श्रावण १० गते नेकपामाओवादी केन्द्र चितवन जिल्ला समन्वय समितिका संयोजक आरसी अधिकारीबाट सिलन्यास गरिएको उक्त भवन श्रावण १२ गतेनै निर्माण सम्पन्न भएको बताइन्छ । सिलन्यास कार्यक्रममा नेकपा माओवादी केन्द्र भरतपुर महानगर सचिब निशा न्यौपाने, पार्टी बागमती प्रदेश सल्लाहाकार एवम कर्मचारी महासंघ केन्द्रीय सदस्य प्रमोद तिवारी, नेपाल बुद्धिजीवी संगठन, भरतपुर महानगर सचिव ओमकार पाण्डे,नेराकस निजामति केन्द्रीय उपमहासचिव सुरेश चापाईं, स्थानिय निकाय केन्द्रीय उपाध्यक्ष ओमप्रकाश न्यौपाने, महासंघ चितवनका पुर्व अध्यक्ष इमनाथ पौडेल, महासंघ चितवनका पदाधिकारी एवम सल्लाहकार तथा अन्य सदस्यहरुको उपस्थितीमा गरिएको सिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ५ बर्ष अगाडि शुरु गरिएको अभियानले आज आएर मुर्तरुप ग्रहण गरेको बताए।
यसैबीच स्थानिय निकायको चुनाव मार्फत चितवन जिल्लाको जिल्ला समन्वय समितिको नेतृत्वमा आएका नारायण प्रसाद अधिकारीले लोकतान्त्रिक अधिकारमाथि बुट बर्साउँदै कर्मचारीहरुको नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको छ। ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी महासंघ नेराकमले अन्य दर्तावाल राष्ट्रिय युनियनहरुले पाए सरहकै अधिकारकोलागी आफ्नो भवन निर्माण गर्ने सिलसिलामा ५ बर्ष अगाडीदेखिनै बोर्ड झुन्ड्याई राखेको ठाउँमा बनाएको भवनको बांकि निर्माण कार्य रोकिपाउँ भन्दै पुर्वाग्रही सोचका साथ जिल्ला अदालत चितवनमा मुद्दा हाल्न पुगेपछी उनको प्रतिगामी सोच उदाङ्गिएर छताछुल्ल भएको जानकारहरु बताउँछन ।
तत्कालिन जिल्ला विकास समिति र हाल जिल्ला समन्वय समितिको जग्गामा एमाले निकट कर्मचारी संगठनले झन्डै ३० बर्षदेखि २ कट्ठा जमिनमा २ तले घर बनाएर भोग चलन गर्दै आएको छ । नेपाली काङ्ग्रेस निकट कर्मचारी युनियनले पनि त्यहिं नजिकै रहेको जिल्ला समन्वय समितिले निर्माण गरेको घर प्रयोग गर्दै आएको छ ।महासंघ केन्द्रीय सदस्य प्रमोद तिवारीले आम कर्मचारीको प्रतिनिधित्व गर्ने अर्को समकक्षी नेराकमले एमाले निकट संगठनको आडमै रहेको जग्गामा २०७४ देखि भवन निर्माण गर्ने भनेर आर्थिक अभावमा रोकिएको निर्माण कार्य गर्ने बित्तिकै पुर्वाग्रही एवम प्रतिगामी सोचकै कारण उक्त भवनमाथि धावा बोल्दै आएको जानकारी दिए ।
पुर्वाग्रही सोचका साथ हालिएको मुद्दाको बारेमा सम्मानित अदालतलेपनि सरोकारवाला पक्ष नेराकमसंग कुनै राय नलिइकनै निर्माण कार्य रोक्न निषेधाज्ञा दिनुपनी थप आश्चर्यको बिषय ठानिएको छ । यस मुद्दामा कर्मचारीहरुको कुनै न कुनै संगठनमा आवद्ध रहंदै त्यसबाट अनावश्यक लाभ लिंदै आएका यातायात ब्यवस्था कार्यालय चितवनका प्रमुख र जिल्ला समन्वय अधिकारी मतियार बनेर समन्वय समितिका संयोजकलाई उकासेर यो हर्कत गरिएको चितवनका आम कर्मचारीहरु माझ प्रष्ट भएको छ । यद्यपि उनले गैर जिम्मेवार तवरले लेखेको पत्रको सवालमा महासंघले चर्को बिरोध जनाएपछी यातायात ब्यवस्था कार्यलयका प्रमुखको सरुवा भैसकेको बताउँछन कर्मचारीहरु ।
पुर्वाग्रही सोचका साथ हालिएको मुद्दाको बारेमा सम्मानित अदालतलेपनि सरोकारवाला पक्ष नेराकमसंग कुनै राय नलिइकनै निर्माण कार्य रोक्न निषेधाज्ञा दिनुपनी थप आश्चर्यको बिषय ठानिएको छ । यस मुद्दामा कर्मचारीहरुको कुनै न कुनै संगठनमा आवद्ध रहंदै त्यसबाट अनावश्यक लाभ लिंदै आएका यातायात ब्यवस्था कार्यालय चितवनका प्रमुख र जिल्ला समन्वय अधिकारी मतियार बनेर समन्वय समितिका संयोजकलाई उकासेर यो हर्कत गरिनुका साथै यस बारेमा महासंघ केन्द्रीय समितीसंग परामर्श गर्दा नेपाल राष्ट्रिय कर्मचारी महासंघ चितवन अहिले कानुनी लडाइँमा भएकोले महासंघ केन्द्रीय समितिले यसका हरेक गतिविधि सुक्ष्मरुपले नियालिरहेको छ र महासंघ चितवनले बनाउन लागेको भवनको लागि आर्थिक सहयोग र अन्य आवश्यक संपुर्ण सहयोग गर्न तयार भएकोले आफ्नो अधिकारको लागि जमेर लड्नुपर्जे महासंघका महासचिव प्रेमप्रसाद खनालले बताए ।
चितवनको संगठनसंग यसबारेमा कुन दिन,कतिखेर र को को मिलेर, के बिषयमा छलफल गर्यो रु के जिसससंग यसको प्रमाण छ रु कहिले हाम्रो संगठनले तिमिहरुसंग वाद प्रतिबाद गर्यो रु के त्यसकोपनि प्रमाण पेश गर्न सक्छौ रु नत्र अनाबस्यक कुरा लेखेर अदालतमाथि जालसांजी गर्न पाइन्छ रु यस्तै यस्तै कारणबाट अहिले हाम्रो संगठन यिनिहरुबाट भएको अब्यवहारिक र अन्यायपुर्ण निर्णयको कारण न्यायको लागि लड्दैछ र सबैको साथको अपेक्षा पनि राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, १५ : ३०
लेखकबाट थप