काठमाडौं ।दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै रहनेछ । एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ ।
पंकजबिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछि तेस्रो पटकलाई कार्यसमिति बैठक बोलाइएको हो । तर, दुवै बैठक स्थगित भएका थिए ।गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका विषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, १४ : ४८
लेखकबाट थप