गृहमन्त्री खाण द्धारा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा राहत र उद्धारबारे भइरहेका कामबारे जानकारी

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १३ : ३९
गृहमन्त्री खाण द्धारा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा राहत र उद्धारबारे भइरहेका कामबारे जानकारी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढी र पहिरोले पुर्‍याएको क्षति तथा राहत र उद्धारबारे भइरहेका कामबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन्। गृहमन्त्री खाणले मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पुर्‍याएको सडक अवरोध र चितवनकै इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति उद्धार र राहत र सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन्। 

नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरनजीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, म्याग्दीका प्रहरी प्रमुख नायब उपरीक्षक तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे उनले जानकारी लिएका हुन्। 

प्रतिक्रिया दिनुहोस