पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १३ : ०८
पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै, तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको बताए । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । 

प्रतिक्रिया दिनुहोस