बेंसिसहर-चामे सडक अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १५ : ३७
बेंसिसहर-चामे सडक अवरुद्ध

काठमाडौँ । आइतबार राति वर्षासँगै आएको बाढी पहिरोले सडक बगाएपछि मनाङ जाने बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ ।

डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार,घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो । 

पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको  हो । कोतोमा २० मिटर जति सडक बगाएको छ। बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजार नजिकै घोप्टेभीरमा र मनाङको कोतोमा क्षति पुगेकाले बेंसीसहर-चामे सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस