धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १४ : ००
धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा ल्याइएकाे छ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र सञ्चालन गरिएकाे अस्पतालकाे आज प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गरेका हुन्।प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखाका रूपमा धनगढीमा अस्पताल सञ्चालन गरेकाे जनाइएकाे छ।धनगढीमा सञ्चालन गरिएकाे प्रहरी अस्पतालमा सर्वसाधारणले समेत सेवा पाउने छन्।

अस्पताल उद्घाटन कार्यक्रममा बाेल्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षासँग स्वास्थ्य क्षेत्रमा पनि याेगदान पुगाेस् भनेर प्रहरी अस्पताल सञ्चालनमा ल्याइएकाे बताए। उनले यस अस्पतालमा सबैले सहज उपचार पाउने बताए।

अस्पतालले आजैबाट सेवा सुरु गरेकाे छ। विशेषज्ञसहितको सेवा दिने उक्त अस्पतालबाट केही समयपछि शल्यक्रिया सेवासमेत प्रदान गर्ने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस