भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १३ : ५६
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ ।भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो । 

यसअघि पनि भारतबाट पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । तर, नेपाल आयल निगमले यहाँ घटाएको थिएन । अहिले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रति लिटरको १७२ रुपैयाँ पर्ने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस