काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन्।
श्रीमान्–श्रीमतीसहित छोरी र छोरा मृत फेला परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए। ‘एकै परिवारका ४ जना मृत फेला परेका छन्। श्रीमान्–श्रीमती तथा १ बालिका र १ बालक मृत फेला परेका भन्ने जानकारी आएको छ,
अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थल पुगेको छ। मृत्युको कारण भने नखुलेको प्रहरीले जानकारी दिएको छ। ‘अहिले प्रारम्भिक जाँचबुझ भइरहेको छ। मृत्यु हो वा हत्या भन्ने विषय खुलेको छैन,’ एसएसपी भट्टराईले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १३ : ३२
लेखकबाट थप