कृष्णनगर भन्सार कार्यालयले १५ दिनमै १ करोडभन्दा बढी राजस्व संकलन

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १३ : १५
कृष्णनगर भन्सार कार्यालयले १५ दिनमै १ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले १५ दिनमै १ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार गस्ती टोलीले अवैध रुपमा नेपाल भित्रिने मालसमान नियन्त्रण गर्न थालेपछि भन्सार कार्यालयले दुई सातामै १ करोडभन्दा बढी राजस्व संकलन गरेको हो । 

गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन भएपछि सो भन्सार कार्यालयले अवैध आयात रोक्न गस्ती टोली परिचालन गरेको हो । भन्सारको राजस्व गस्ती टोलीले आइतबार बिहान गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउँदै गरेको लु १ ख ७७७० नम्बरको डिसिएम ट्रकमा भन्सार नतिरेको २३ लाख बढी मूल्यको सारी, सुट र कुर्तालगायत कपडा बरामद गरेको थियो ।

पछिल्लो १५ दिनमा अवैध रूपमा नेपाल भित्र्याइएका ८१ पाडापाडी र २१५ खसीबोका समेत नियन्त्रणमा लिइएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस