काठमाडौँ । लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिन्होले यो ट्रान्सफर विन्डोमा क्लब छाड्ने कुनै मनसाय नभएको संकेत गरेका छन् । पछिल्लो समय ब्राजिलियन फरवार्डले लिभरपुल छाड्ने चर्चा चलिरहेको छ ।लिभरपुलसँगको सम्झौताको अन्तिम वर्ष बाँकी रहँदा फिर्मिन्होले सीमित खेलमा मात्र पहिलो रोजाइमा मौका पाइरहेका छन् ।
गत सिजन चोटका कारण सीमित खेलमा मात्रै मैदानमा उत्रिएका फिर्मिन्होले यसपाली डार्बिन नुनेजसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।
फिर्मिन्होमाथि इटालियन क्लब युभेन्टसले चासो देखाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । उनी सन् २०१५ मा होफेनहेमबाट २९ मिलियन पाउन्डमा एनफिल्ड भित्रिएका थिए । ‘म यो टोली, सहर र समर्थकहरूलाई माया गर्छु, म लिभरपुलमा छु, र यहीँ बस्न चाहन्छु,’ उनले टिएनटी ब्राजिलसँग भने । सिजन २०१७÷१८ मा सबैखाले प्रतियोगितामा २७ गोल गरेका फिर्मिन्होको त्यो उत्कृष्ट लय थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १२ : ४५
लेखकबाट थप