२५ वटा कम्पनीहरूले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपिओमार्फत बिक्री

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १२ : ३१
२५ वटा कम्पनीहरूले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपिओमार्फत बिक्री

काठमाडौँ ।  गत आर्थिक वर्ष २०७८/७९ मा २५ वटा कम्पनीहरू सेयर बजारमा थपिएका छन्।

नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरूले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपिओमार्फत बिक्री गरेका छन्। जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आइपिओ जारी गरेको थियो।

आइपिओ जारी गर्ने कम्पनीहरूमध्ये सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युतले ९० करोड रुपैयाँ र साहस ऊर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन्।त्यस्तै, सानिमा लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आइपिओमार्फत बिक्री गरेको थियो। कम्पनीहरूले पूँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री गर्दछन्। यसले उनीहरूलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ।

आइपिओमा आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ। लगानीकर्ताहरूकाे आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हुँदै ५३ लाख नाघेको छ।

प्रतिक्रिया दिनुहोस