‘सनम तेरी कसम’का हिरो हर्षवर्धन नेपालमा

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १२ : २१
‘सनम तेरी कसम’का हिरो हर्षवर्धन नेपालमा

काठमाडौं । बलिउड अभिनेता हर्षवर्धन राणे यतिबेला नेपालआएका छन् । उनी अहीले काठमाडौंमा रहेको र उनका इन्स्टाग्राम पोस्टहरूले टिकटकमा भाइरल भइरहेको उनको भिडियोले बताउँछ । शनिवार उनी होटल र्‍याडिसनमा आयोजित एक रिसेप्सन पार्टीमा सहभागी भएका थिए । पार्टीमा सहभागी भएको तस्वीर उनले सामाजिक सञ्जालमा राखेका छन् ।

त्यहाँ उनले नेपालीहरूसँग ‘साइँली रे साइँली रे’ गीतमा नृत्य समेत गरेका थिए । आइतबार उनले बसन्तपुर क्षेत्रको घुमघाम गरेको तस्विर तथा भिडियोहरू पनि इन्स्टाग्राममा सेयर गरेका छन्, जहाँ उनले पर्यटनहरूसँग नाचेको, नेवारी परिकारको स्वाद लिएको, नेपाली फ्यानहररूसँग भेट गरेको देखिन्छ ।

सन् २०१६ मा आएको फिल्म ‘सनम तेरी कसम’बाट उनको क्रेज बढेको हो । फिल्ममा उनको अभिनय र लुक्सलाई दर्शकले खुब मनपराएका थिए । ‘सनम तेरी कसम’ हर्षवर्धनको बलिउडमा डेब्यू फिल्म थियो । एक दर्जन भन्दा बढी तेलुगु फिल्ममा उनले काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस