आन्दोलन फिर्ता लिन नेपाल आयल निगमको आग्रह

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, २० : ३२
आन्दोलन फिर्ता लिन नेपाल आयल निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिन पेट्रोलियम ढुवानी व्यवसायी महासंघसँग आग्रह गरेको छ ।

साउन १६ गतेबाट पेट्रोलियम पदार्थको पिडिओ नलिने एवं लोड नगर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको निगमले जनाएको छ । 

निगमले महासंघका मागहरु समाधान गर्न पहल भइरहेकाले धैर्य गर्न आग्रह गरेको छ ।

‘निगम संचालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव हाल मुलुक वाहिर रहनु भएकोले वहाँ फर्केर आए पछि तहाको मागको सन्दर्भमा यथाशीघ्र समाधान गरिने भएको हुँदा पेट्रोलियम पदार्थहरुको आपूर्ति तथा विक्री वितरणमा अवरोध पुयाउन तहांबाट चरणवद्ध रुपमा सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरु आजैका मितिवाट फिर्ता लिई अत्यावश्यक पेट्रोलियम पदार्थहरुको आयात, दुवानी एवं विक्री वितरण सहज बनाउने कार्यमा सदाझै सहयोग गर्नुहुन हार्दिक अनुरोध छ।

प्रतिक्रिया दिनुहोस