काठमाडाैँ । ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई ब्राजिलको राजदूत नियुक्त गरेकी हुन्।नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले काफ्लेलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, १४ : ४८
लेखकबाट थप