काठमाडौँ । खोटाङमा केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले जिल्लाकै एउटा कच्ची घर भत्किएको छ।
खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार आइतबार बिहान गएको ५.३ रेक्टर स्केलको भूकम्पले साकेला गाउँपालिकास्थित रहेको कच्ची घर भत्काएको हो । क्षतिका अन्य विवरण संकलन भैरहेकाे छ ।
साथै, छिमेकी जिल्ला भोजपुरमा भने २ वटा घर क्षतिग्रस्त भएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार भोजपुर नगरपालिका–१२ टक्सारमा रहेका घरमा क्षति पुर्याएको विवरण प्राप्त भएको छ । सो स्थानमा हाल प्रहरीहरू पठाएको उनले जानकारी दिए ।
मानवीय क्षति भएको विवरण भने उपलव्ध छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, ११ : ४४
लेखकबाट थप