काठमाडाैँ । सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका-१ बुलबुलेमा आज बिहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका-२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।उनले जीपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए।
जीप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ। जीपमा अन्य पाँच जना यात्रु सवार थिए। अन्य सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, ११ : १८
लेखकबाट थप