काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७८र७९ मा नागरिकता लिनेको संख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए ।
नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अंगीकृतका आधारमा ५४९ र प्रतिलिपि १० हजार २४१ जनाले लिएको उनले बताए ।
अघिल्लो आव २०७७र७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । सो अवधिमा कोभिड–१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकता लगायतका कार्य समेत प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, ०९ : ४०
लेखकबाट थप