आगामी निर्वाचनपछि शेरबहादुर देउवा राष्ट्रपति बन्ने सहमति भइसकेको दाबी –बस्नेत

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १६ : ३५
आगामी  निर्वाचनपछि शेरबहादुर देउवा राष्ट्रपति बन्ने सहमति भइसकेको दाबी –बस्नेत

काठमाडौं  । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी  निर्वाचनपछि शेरबहादुर देउवा राष्ट्रपति बन्ने सहमति भइसकेको दाबी गरेका छन्। एमालेनिकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजू राणा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको दाबी गरेका हुन्। 

उनले भने, ‘हामी अध्ययक्षले चुच्चे नक्सा बनाइदिनुभयो। तर, देउवा सरकारले बुच्चे बनायो। किन बन्यो थाहा छैन। हामीले सुनेका छौँ। प्रचण्ड देउवा र आरजू बसेर चुनावमा सँगै मिलेर जाने। अनि तिमी काले म पनि काले कालेकाले मिलेर खाऊँ भाले भनेजस्तै देउवा राष्ट्रपति हुने प्रचण्ड र आरजू प्रधानमन्त्री हुने सहमति भएको छ। यो मुलुक कसैको बाउको पेवा होइन।’

उनले नेकपा एमाले रहेसम्म सहमतिमा खान नपाउने चेतावनी दिए।  

प्रतिक्रिया दिनुहोस