काठमाडौं । बैतडीमा चितुवाकाे आक्रमणबाट एकजना घाइते भएका छन्। शनिबार बिहान मेलौली नगरपालिका-२ कोटका ६८ वर्षीय गणेशबहादुर चन्द चितुवाकाे आक्रमणबाट घाइते भएका हुन्।
चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि थापेको पासोमा फसेको र उक्त चितुवाले उनलाई आक्रमण गरेको बताइएको छ। चितुवा केहीबेरपछि पासो तोडेर भागेको थियो।चन्दको घाँटी र हातमा समान्य चोट लागेको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, १२ : ५४
लेखकबाट थप