काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका पूर्व कप्तान तथा प्रशिक्षक टेरी निलको निधन भएको छ । नर्दन आयरल्याण्डका पूर्व कप्तान समेत रहेका टेरीको ८० वर्षको उमेरमा निधन भएको हो ।
२० वर्षकै उमेरमा कप्तान बनेका सेन्टर ब्याक टेरीले १९५७ देखि १९७० सम्म आर्सनलमा बितनउँदा २४१ प्रिमियर लिग खेलमा आठ गोल गरेका थिए । आर्सनलपछि उनले हल सिटीका लागि पनि खेले । टेरी १९७६ देखि १९८३ सम्म आर्सनलका प्रशिक्षक थिए ।
त्यस्तै, उनले टोटेनहम, हल सिटी र नर्दन आयरल्याण्डको टोली पनि सम्हाले । टेरीले नर्दन आयरल्याण्डका लागि ५९ खेलमा दुई गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ११ : ५५
लेखकबाट थप