दाङ । दाङमा आफ्नै विद्यालयको बसको पछाडिको टायरले किच्दा विद्यार्थीको मृत्यु भएको छ।
गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर उत्तर टोल निवासी भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यू मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
शुक्रबार बेलुका पौने पाँच बजेको समयमा पूजा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि लमही अस्पताल लगिएको र अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
विद्यालयको बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु