कोरोना अपडेट : थप ५७७ जनामा संक्रमण, दुई जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १६ : २३
कोरोना अपडेट : थप ५७७ जनामा संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ५७७ नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

४ हजार २८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।


यससँगै सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ । सो अवधिमा २६९ कोरोनाको संक्रमणबाट मुक्तसमेत भएका छन् ।