नेकपा एमाले चुनावी तयारीमा जुटिसक्यो: युवराज ज्ञवाली

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १५ : २४
नेकपा एमाले चुनावी तयारीमा जुटिसक्यो: युवराज ज्ञवाली

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमाले संघिय र प्रदेश निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्। शुक्रबार प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले देशभर चुनावको माहोल बन्दै गएको बताएका हुन्।

उनले अहिले चुनावी तयारीका लागि देशभर प्रशिक्षण भइरहेको बताए। उनले भने, ‘देशभर चुनावको माहोल बन्दै गएको छ, एमालेले पनि चुनावी तयारी अगाडि बढाइसकेको छ तर सरकारले अझै चुनावको मिति घोषणा गरेको छैन।’

उपाध्यक्ष ज्ञवालीले तत्काल सरकारले चुनावको मिति घोषणा गर्नुपर्ने बताए। नेकपा एमाले एकलै चुनाव लड्ने गरी तयारी गरिरहेको बताउँदै उपाध्यक्ष ज्ञवालीले भने, ‘एमालेसँग एक्लै चुनाव लड्ने आँट कसै दलको छैन तर एमाले एक्लै लड्न तयार छ।’

उनले बाम गठबन्धन गर्ने भए सबै भन्दा पहिलेंकाँग्रेससँगको गठबन्धन तोड्न पनि माओवादी र समाजवादीलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस