भारतीय वायुसेनाको विमान राजस्थानमा दुर्घटना

एजेन्सी

शुक्रबार, १३ साउन २०७९, १४ : ४५
भारतीय वायुसेनाको विमान राजस्थानमा दुर्घटना

नयाँदिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि-२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार साँझ दुर्घटनामा परेको थियो ।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दैशोकसन्तप्त परिवारजनसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतले साे दुर्घटनाबारे जाँच गर्न आदेश दिइएको पनि वायुसेनाकाअधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस