काठमाडाैँ । रोजगारीका लागि ८० नेपाली इजरायल पुगेका छन् । इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरूलाई इजरायल ल्याउने प्रक्रिया पुनः सुचारु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
इजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि इजरायल आउन नपाएका बाँकी नेपालीहरूलाई दुई पक्षबीच विभिन्न चरणमा भएका छलफलपश्चात् इजरायल लिन सुरु गरिएको जनाइएको छ ।
यसअघि विभिन्न चरणमा गरी २९७ जना इजरायल पुगिसकेका छन्। वैदेशिक रोजगार विभागले गत वर्ष कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । नेपाली श्रमिकले इजरायलमा मासिक करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १० : १०
लेखकबाट थप