एकान्तकुनामा टिप्परसँग मोटरसाइकल ठोक्कियो

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १० : ०४
एकान्तकुनामा टिप्परसँग मोटरसाइकल ठोक्कियो

काठमाडाैँ । ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।मंगलवार राति भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् ।बा३ख ५७७ नम्बरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२-०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक खोटाङ घर भई ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

राईको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।टिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस