घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १० : ५४
घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?

काठमाडौ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार दर तोक्दै मूल्य घटेको जानकारी दिएको हो । यससँगै, आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

हिजो सोमबार तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । महासंघले आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, आज प्रतितोला चाँदीको मूल्य ११ सय ५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस