काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक (पहिलो संशोधन) विधेयकसहित दुई विधेयक टेबुल भएका छन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गरे ।
सचिव फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभा पठाइएका ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष पेश गरे।
त्यस्तै, बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधेयन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । पहिलो बैठक १० मिनेटका लागि स्थागित भएर अहिले दोस्रो बैठक सुरु भई नागरिकता विधेयकमाथि छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०९ साउन २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान