भन्सार छली ल्याइएको चिनी बरामत

रासस

सोमबार, ०९ साउन २०७९, ११ : ५७
भन्सार छली ल्याइएको चिनी बरामत

चितवन । पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० वोरा चिनी बरामत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाध्य उद्योग अगाडी रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामत गरिएको हो । 

रु १८ लाख ६९ हजार बराबरको चिनी बरामत गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । चिनीसहितको ट्रक र त्यसका चालकलाई आबश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाईएको उनले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस