स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन, गण्डकीमा श्रेष्ठ सभापति

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १३ : २१
स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन, गण्डकीमा श्रेष्ठ सभापति

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन भएको छ । पार्टीको गण्डकी प्रदेश सभापतिमा डा. ढाकाकुमार श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । प्रदेश समिति १६ सदस्यीय छ ।

समितिको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त रहेका छन् ।

यस्तै, कास्की जिल्ला समिति सभापतिमा विष्णु गुरुङ एकता चुनिएकी छिन् । रवी लामिछाने नेतृत्वको उक्त पार्टी केही समयअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस