काठमाडौं । अमर वान्तुको नयाँ गीत ‘आँखैको भाकैमा हाम्रो पर्यो माया जाल’ सार्वजनिक गरिएको छ । वेदु सारु मगर र रिता केसीको स्वर, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा प्रकाश मिश्रको ध्वनी सम्पादन रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका हुन् । दाङको घोराहीको बाह्रकुने ताल घुम्न जाँदा आँखको भाकैमा माया प्रेम बसेको भाव भिडियोमा व्यक्त गरिएको छ । गीतमा दाङमा भएका ऐतिहासिक र पर्यटकीय स्थलहरूको चर्चा गरिएको छ ।
वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना–२’ एल्बम सार्वजनिक भइसकेका छन् । उनका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उनको ।
गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आएका वान्तुको ‘गर्मी भयो धरान’लगायत थुप्रै गीत श्रोता÷दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना अन्य गीतजस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको वान्तुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १४ : ५५
लेखकबाट थप