ब्राजिलमा आपराधिक गिरोह बिरुद्ध कारबाहीमा १८ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १२ : २८
ब्राजिलमा आपराधिक गिरोह बिरुद्ध कारबाहीमा १८ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा आपराधिक गतिविधीमा संलग्नहरूको बस्तीमा छापा मार्ने क्रममा १८ जनाको मृत्यु भएको छ ।

ब्राजिलको रियो दि जनेरियो नजिक मलेमाओ फाभेलामा भएको घटनामा मारिनेमा १६ जना संदिग्ध अपराधी, एकजना प्रहरी र एक दर्शक रहेका छन् । सो क्षेत्रमा आपाराधिक समुह रहने गरेको सूचनाको आधारमा छापा मारिएको हो ।

४ सय सुरक्षाकर्मीले घेरा हाली गरिएको कारबाहीमा प्रहरी र आपराधिक समुहबीच भिडन्त भएको थियो । दिनभर भएको भिडन्तका क्रममा हजारौं मानिस आ-आफनो घरमा फसेका थिए । सो क्षेत्र पहिचान गरी सुरक्षाकर्मीले लामो समयको अन्तरालमा छापा मारेको हो ।

छापा मार्ने क्रममा आपराधिक समुहका केही संदिग्धले प्रहरीको पोशाक लगाएका कारण संदिग्ध पहिचान गर्न कठिनाई भएको थियो ।

ब्राजिलका अधिकारकर्मीहरूका समुहले कारबाहीको विरोध गरेका छन् ।