नारायणगढको हरियाली गेष्ट हाउसबाट समातिए तीन जना महिला

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, २२ जेठ २०७५, १७ : ५८
नारायणगढको हरियाली गेष्ट हाउसबाट समातिए तीन जना महिला

प्रतिकात्मक फोटो

चितवन । नारायणगढ न्युरोडस्थित हरियाली गेष्ट हाउसबाट ३ जना महिला र गेष्ट हाउस संचालकलाई चितवन प्रहरीले पक्राउ गरेको छ  । हरियाली गेष्ट हाउसका संचालक नवराज पाण्डे र ३ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो  ।

यौन व्यवसाय सञ्चालन गर्दै आएको आशंकामा होटेलमा छापामारी अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको आचार्यले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षित र शान्त एवं सामाजिक बिकृतिरहित चितवनको अवधारणा अन्तर्गत गरेको कारवाहीमा उनीहरु पक्राउ परेका हुन् ।  

 

प्रतिक्रिया दिनुहोस