काठमाडौंको साँखुमा मानव कंकाल फेला

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १६ : ०९
काठमाडौंको साँखुमा मानव कंकाल फेला

काठमाडाैँ । काठमाडौंको शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कंकाल फेला परेको छ। खहरे खोला नजिकै फेदीको वनमा उक्त कंकाल फेला परेको हो। 

मानव कंकाल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको बताए। 

प्रतिक्रिया दिनुहोस