काठमाडाैँ । इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्।आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।
ती नयाँ संक्रमितहरुमध्ये ६ सयभन्दा बढीलाई अस्पताल भर्ना गर्नु परेको जानकरी पनि उनले दिएका छन् । इरानमा अहिलेसम्म ७२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने एक लाख ४१ हजारभन्दा बढी नागरिकको ज्यान गइसको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १५ : ४२
लेखकबाट थप