चितवन । एभरेष्ट क्लब भरतपुरले ११ बर्षपछि नयाँ नेतृत्व पाएको छ। क्लबको आज सम्पन पाँचौ बार्षिक साधारण शभाले उपाध्यक्ष गोपाल गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो । ११ बर्षदेखि क्लबको अध्यक्षमा युवा नेता अशोक देवकोटा रहेका थिए ।
चितवनकै ठूलो मानिने फुटबल प्रतियोगिता चितवन च्याम्पियनसिप कप को ५ वटा संस्करण, बर्सेनि एकादशीमा आयोजना गर्ने गरिएको एभरेष्ट सांस्कृतिक साँझको ९ संस्करण देवकोटाकै नेतृत्वमा सम्पन्न भएको थियो।
चितवनको फुटबल जगतमा एभरेष्ट क्लबलाई बलियो ढंगले स्थापित गर्न सफल भएका कारण ११ बर्षसम्म क्लबमा अर्को नेतृत्वको खोजी नभएको क्लबका सदस्य बताउँछन । यसपटक भने अशोक देवकोटाले क्लबका उपाध्यक्ष रहेका गोपाल गुरुङलाई अध्यक्ष बन्न प्रस्ताव गरेका हुन । देवकोटाले क्लबको सल्लाहकारको जिम्मेवारी लिएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, १८ : ४८
लेखकबाट थप