राष्ट्रिय युवा परिषदको नमुना युवा संसद अभ्यास शुरु

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १६ : ५९
राष्ट्रिय युवा परिषदको नमुना युवा संसद अभ्यास शुरु

भक्तपुर।  राष्ट्रिय युवा परिषदद्वारा आयोजित चार दिने संघीय नमुना युवा संसद अभ्यास शुरु भएको छ।  भक्तपुरको वोडे स्थित कृषि विकास वैंकको तालिम केन्द्रको अडिटरियम हलमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यक्रमको उद्घाटन गरेका छन्।

कार्यक्रममा सभामुख सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्न युवाहरुलाई आग्रह गरेका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान नै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन् ।

नमुना युवा संसद अभ्यास कार्यक्रममा सातवटै प्रदेशवाट ८५ जना युवाले भाग लिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए। बस्नेतले १६/२४ वर्ष उमेर समुहका समावेशी युवाहरुलाई नेतृत्व विकास गर्न नमुना संसद अभ्यास कार्यक्रम आयोजना गरिएको जनाए।

कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख रमाकान्त सापकोटा र मध्यपुर ठिमी नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठले युवाहरलाई स्वरोजगारको वाटोमा लाग्न अपिल गरे।

प्रतिक्रिया दिनुहोस